मल्टिपर्पस फाइनान्सको २० लाख कित्ता सेयर लिलामी खुल्यो

जागरण न्युज
काठमाडौं, १४ पौष । मल्टिपर्पस फाइनान्स कम्पनीले सोमबार (पुस १४ गते) बाट २० लाख ३७८ कित्ता सेयर लिलामी ल्याएको छ । जसमा सस्ंथापक समूहको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहको १ लाख ४९ हजार ६५७ कित्ता सेयर रहेको छ । यस लिलामीमा संस्थापक समूहको सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन । लिलामी भर्ने म्याद पुस २८ गतेसम्म मात्र रहेको छ ।
कम्पनीले यसअघि असोज ३० गतेबाट कात्तिक ७ गतेसम्म १८ लाख ६० हजार ७२१ कित्ता संस्थापक र ६ लाख २६ हजार ५५७ कित्ता सर्वसाधारण समूहको सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला सबै बिक्री नभएपछि बाँकी रहेको सेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ।

लिलामी सेयरमा आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन पाइने व्यवस्था मिलाइएको छ । यस्तै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्