नेपाल भ्रमण वर्ष उद्घाटनको भव्य तयारी

काठमाण्डौ, १४ पुस । नेपाल भ्रमण वर्ष उद्घाटनस्थलको भव्य तयारी भएको छ । भ्रमण वर्ष उद्घाटनस्थल दशरथ रंगशाला सजीसजावत हूँदैछ । । नेपाल भ्रमणको विश्वभर सकारात्मक सन्देश दिनका विभिन्न प्र्रचारहरु तयार गरिएको छ । उद्घाटनका लागि विभिन्न देशका मन्त्रीहरुदेखि संचारकर्मीहरुको सहभागि हुने छ ।
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि सरकारले पहिलो दिन अर्थात जनवरी एकमा भव्य कार्यक्रम गर्दैछ । वर्षभरीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले उद्घाटनको दिन विश्वभर सकारात्मक सन्देश दिन विभिन्न कार्यक्रमको तयारी गरेको छ । त्यसैका लागि अहिले उद्घाटन स्थल दशरथ रंगशालामा विभिन्न कार्यक्रम तथा प्रस्तुतिका लागि तयारी भइहरको छ । उद्घाटनमा सांस्कृतिक कार्यक्रम, गित संगित, ¥याली, परेड, झाँकी आदि देखाइने छ ।

उदघाटनका दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीहरु, सांसदहरुलगायत विभिन्न संघसंस्थाका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहने छ । १५ हजार दर्शक क्षमताको रंगशालामा गरिने उद्घाटन कार्यक्रमलाई भव्य र सभ्य बनाउने तयारी भइरहेको छ ।
नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक विश्वम्भर घिमिका अनुसार उद्घाटन कार्यक्रममा ७ वटा देशका पर्यटन मन्त्रीको पनि उपस्थित रहने छ । ५० भन्दा बढी विदेशि संचारमाध्यमका पत्रकारहरु पनि आउने नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्यले जानकारी दिए ।

हाल वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन् । विदेशी पर्यटक भित्र्याउने एकमात्रै हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । सन् २०१८ मा हवाईमार्गबाट ९ लाख ६९ हजार र स्थलमार्गबाट दुई लाख ३ हजार गरी कुल ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएका छन् । यो संख्यालाई नेपाल भ्रमण वर्षमा २० लाख पुर्याउने घोषणा सरकारले गरिसकको छ । जती पनि तयारी गर्नु पर्ने कार्यहरु छन् त्यो भने पूरा गर्न नसकेको वा चुकेको भने पक्कै हो । भ्रमण वर्षको तयारी गर्दै गर्दा वर्यटन वोर्डलाई आवश्यक जिम्मेवारी दिनुपर्ने थियो त्यो भने नदिएको पाईएको छ । यसले तर यसका लागि सरकारले अन्य तयारी भने प्रभावकारी गर्न नसकेको आरोप लाग्दै आएको छ । एयटा व्यपारीलाई नेपाल भ्रमण वर्षका संयोजक बनाएको छ । त्यसले पनि सकारात्मक सन्देश जाँदैन । पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेका वा देशका गौरवपूर्ण व्यक्तिलाई संयोजक बनाउनु पर्ने थियो हाँनेरी सकार चुकेको छ । सुरज वैद्यले वैद्य अर्जनाइजेशन मार्फत गाडीको कारोबार गर्दै आएका व्यक्ति हुन् । उसलाई यस्तो जिम्मेवारी दिंदा कसरी यो भ्रमण वर्ष सफल होला ?

प्रतिक्रिया दिनुहोस्