सिचो बढ्दै जाँदा जनजीवन कष्ठकर बन्दै

चिसोका कारण निमोनिया, दम खोकी, ब्रोनकाइटिस, पेट दुख्ने र ज्वरो आउने बिरामीको संख्यामा ह्वात्तै बढेको छ । अस्पतालले जनाएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत चिसोका कारण बिरामी भई उपचारका लागि आउनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

स्वास्थ्य संस्थामा बढी मात्रामा निमोनिया भएका बालबालिका र दमको रोग भएका वृद्धवृद्धा उपचारका लागि आउने गरेको छ न्यानो राख्ने, पर्याप्त पानी पिउने, ताजा भोजन र सरसफाइमा ध्यान दिन उनले सल्लाह दिए ।

लगातारको हुस्सु र शीतलहरले बालीनालीमा समेत ठूलो क्षति पुगेको छ र्। तराईमा परेको शीतलहरले तोरी, आलु, गोलभेंडा, रायोलगायतका हिउँदे बालीमा क्षति पुगेको छ ।

बाक्लो हुस्सु र शीतलहर साथै अत्यधिक चिसो बढेपछि यस क्षेत्रका शैक्षिक संस्थाको पठनपाठन समेत प्रभावित भएको छ । भने दैनिक मजदुरी गरे खाने, सुकुम्बासी, मुक्तकमैयालगायतका वर्ग सबैभन्दा बढी मारमा परेका छन् ।

जाडोका कारण धनगढी लगायत विभिन्न बजारमा न्यानो कपडा खरिद गर्नेहरूको घुईचो लागेको छ ।

पहाडी तथा हिमाली जिल्लाहरूमा हिउँसँगै र तराईमा हुस्सु तथा शीतलहर चल्न थालेपछि अत्यधिक चिसो बढेको हावापानी फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले जनाएको छ ।

चौधरीका अनुसार शनिबार कैलालीको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो भने आइतबार न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १० दशमलव ७ डिग्री सेल्सियस थियो । तापक्रम प्रतिदिन घट्दो क्रममा रहेकाले अझै चिसो बढ्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्