नक्कली भूकम्पपीडितबाट आयो १० करोड फिर्ता

काठमाण्डौँ , पुस १३ । नक्कली भूकम्पपीडितबाट १० करोड फिर्ता आएको छ । झूटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् ।

अहिलेसम्म १० करोड ३ लाख ५० हजार फिर्ता भइसक्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाकारी दिएको छ ।

जसमा धादिङबाट २७ जनाले रकम फिर्ता गरेका छन् । यसैगरि नुवाकोटबाट ४ सय ३५, रसुवाबाट ५, काठमाण्डौबाट २०, गोरखाबाट २ सय २७ लगायतले रकम फिर्ता गरेका छन् ।

१ हजार ८ सय ५५ जनाले रकम फिर्ता गरेको एकाइको तथ्यांक छ। ‘रकम फिर्ता गर्ने क्रम जारी छ,’ आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यले भने, ‘फिर्ता गर्नेको संख्या अझै बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्