सूचना प्रविधि विधेयक बहुमतले पारित, अब सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने

काठमाडौँ , पुस १३ । सुचना प्रविधि सम्बन्धी विधेयक बहुमतले पारित गरिएको छ । कांग्रेसको असहमतिका बाबजुत पनि संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतका आधारमा पारित गरेका हो ।

समितिमा रहेका नेकपा सांसदहरुले विधेयकको पक्षमा मत दिएका हुन् । कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियता सहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेको थियो ।

कांग्रेसका सांसद बहादुर सिंह लामाले सामाजिक सञ्जालमा कुनै व्यक्ति वा विषयमा आलोचनात्मक टिप्पणी गर्दा कडा कारवाही गर्ने व्यवस्थाले व्यक्तिको स्वतन्त्रतामा हनन गर्ने भएकाले बहुमतका आधारमा पारित नगर्न आग्रह गरेका थिए ।

विधेयकमा फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ र कांग्रेसले त्यसको विरोध गरेको छ । कांग्रेसले विधेयकको ९१ देखि ९४ सम्मका बुँदा हटाउनु पर्छ भन्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्