पाल्पामा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौ । टिप्परको ठक्करबाट पाल्पामा शनिबार एक युवकको ज्यान गएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका-३ मा टिप्परले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका वडा नम्बर-१३, रुपन्देही बस्ने २५ वर्षीय चालक सिद्धान्त थापाको ज्यान गएको हो ।

पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख १७ ६३ नम्बरको टिप्परले त्यसै दिशातर्फ जाँदै गरेको लु १९ प २८०३ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो र दुर्घटनामा गम्भीर घाइते भएका थापालाई प्रादेशिक अस्पताल बुटवल पठाइको तर अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रण लिइसकेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्