आजका पत्रपत्रिकाः पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन, इन्टरनेट नचले पैसा फिर्ता कानून प्रस्ताव…

काठमाडौं, १२ पुस । आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले विभिन्न समाचारलाई प्राथमिकताकासथ प्रकाशित गरेका छन् । प्रमुख प्रतिपक्षदल नोलीकाँग्रेसको महाधिवेशन, चीनमा एशियाली मिडिया सम्मेलन हुँदै, काठमाडौंको सडक मानव मुक्त भएको समाचारलाई आजको गोरखापत्र दैनिकले प्राथमिकताका साथ समाचार छापेको छ । त्यस्तै इन्टरनेट नचलेरु हैरानी व्यवहोर्दै आएकोलाई जस्तो इन्टरनेट स्पिड नहुने र इन्टरनेट नै नचल्ने भएमा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई रकम मिनाहा गरिदिनुपर्ने कानुन ल्याइने चएको छ । यसको लागि प्रस्ताव गरिएको छ । समाचारमा लेखिएको छ, ‘मर्मतका लागि फोन गरेर बारम्बर बोलाउँदा पनि नआइदिने अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ । इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने, तर सम्झौता अनुसारको स्पिड नपाउने, प्रयोगकर्ताका अहिलेका दुःख हुन् । प्रयोगकर्ताले व्यहोर्नु परेका यस्तै बाध्यता समाधान गर्ने गरी नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले नयाँ कानुनी व्यवस्थाको तयारी गरेको छ ।’

त्यस्तै कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौं(पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म र्पुयाइने रेलमार्गको बनाउन पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । निर्माण पूरा हुन ६ वर्ष लाग्ने सो रेलमार्गको ७ खर्ब लागत अनुमान गरिएको समचार प्रकाशित गरेको छ ।
त्यस्तै आजको अन्नपूर्ण दनिकले काँगेस सभापति शेरबहादुर देउवा पेलेरै अगाडी बढ्दै समाचारलाई मुख्य समाचार बनाएको छ ।

। अध्ययनपछिका कार्य कसरी अघि बढाउने भन्ने विषय भने हाल छलफलकै चरणमा रहेको विभागलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।

कालीमाटीको जग्गा यतीलाई

कान्तिपुरको पहिलो पृष्ठमै कालीमाटीको जग्गा पनि सस्तैमा यती कम्पनीलाई दिइएको अर्को समाचार पनि छ । नेपाल ट्रष्टको कार्यालयले कालीमाटीको चार रोपनी जग्गासमेत कानुन मिचेर यती समूहलाई लिजमा दिएको समाचारमा उल्लेख छ । ट्रष्टले ३० वर्षमा करिब १९ करोड रुपैयाँ भाडा लिने गरी यती समूहको थामसेर्कुसँग सम्झौता गरेको छ ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका कार्यकारी सचिव गजेन्द्र ठाकुरले कालीमाटीको जग्गा थामसेर्कुलाई भाडामा दिइएको बताए । सचिव ठाकुरले कानुनसम्मत प्रतिस्पर्धाबाट थामसेर्कु छानिएको दाबी गरे पनि नेपाल ट्रष्टको अभिलेखले त्यसको पुष्टि नगरेको समाचार कान्तिपुर लेखेको छ ।
त्यस्तै काठमाडौं देखिचीन नाका जोड्ने सबैभन्दा छोटो रुट टोखा छहरे सुरुङ्ग मार्ग
समाचारलाई आजको राजधानी दैनिकले समाचार छापेको छ । १ रोपनी किन्ने र १० औं परोपनी हडप्ने प्रपन्चमा प्लटिङ्ग व्ववसायी शिर्षक दिएर राजधानीले अर्को समाचार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्