महासंघको बरिष्ठ उपाध्यक्षका लागि ढकालको उम्मेदवारी घोषणा
काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा सफल व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
उपाध्यक्ष ढकालले बाग्लुङ उद्योग वाणिज्य संघ लगायत उपस्थित महासंघका थुप्रै केन्द्रीय सदस्यहरुले वरिष्ठ उपाध्यक्षकबो लागि रिफारिस गर्नु भएको छ भने, भने,’साथीहरुको प्रस्तावको समर्थन गर्दै मैले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुँ ।” गृह जिल्ला बाग्लुङ पुगेको बेला ढकालले यस्तो घोषणा गरेको हुन् ।
हालको विधान अनुसार महासंघको बरष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अब हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् । यसै वर्ष यो व्यवस्थासहित विधान संशोधन गर्ने तयारी भएपनि सहमतिमा सो प्रक्रिया रोकेर गोल्छालाई अध्यक्ष बनाइँदैछ ।
यही वरिष्ठ उपाध्यक्ष नै भावि अध्यक्ष हुने भएको व्यवस्थाले गर्दा महासंघको बरिष्ठ उपाध्यक्षमा सबैभन्दा बढि भीडन्त हुने गर्दछ ।















प्रतिक्रिया दिनुहोस्