सरकारले बुढीगण्डकी मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने

काठमाण्डौ , पुस ११ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने भएको छ ।

उर्जा, जलस्रोत तथा सिंँचाईमन्त्री वर्षमान पुनले आयोजना प्रभावित घरपरिवारले प्राप्त गर्ने मुआब्जाको लाभकर छुट दिने बताएका हुन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार बसेको बैठकमा उनले लाभकर छुटको लागि अर्थमन्त्रालयको स्वीकृति लिन पठाइसकेको जनाकारी गराए ।

अर्थमन्त्रालयको स्वीकृतिपछि यसलाई मन्त्रिपरिषदमा पेश गरिने तयारी गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि यसअघि मुआब्जा पाइसकेका आयोजना प्रभावितले तिरेको लाभकरसमेत सरकारले फिर्ता गर्ने छ ।

सरकारले पछिल्लो समय बढ्दै गएको मुआब्जा विवादको अन्त्यका लागि पुर्नवासको समेत व्यवस्था गर्न लागेको मन्त्री पुनले बताएका छन् ।

मन्त्री पुनले बजार क्षेत्रमा २ आनाभन्दा कम जग्गामा घर भएकाहरुको लागि अर्को शहरमा कम्तिमा पनि ४ आना जग्गा उपलब्ध गराउने गरी मुआब्जा दिने तयारी गरिएको बताए ।

साथै उनले यो विषयलाइ छलफलका लागि मन्त्रिपरिषदमा पठाउन लागिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्