सशस्त्रका इन्स्पेक्टर र हवलदार घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, पुस १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्रका इन्स्पेक्टर र हवलदारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । उनीहरुलाई रुपन्देहीको विष्णुपुराबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र प्रसाद चौधरी रहेको अख्तियारले जनाएको छ ।

उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अदुआ बुटवलका प्रवक्ता सुरेश भुषालले बताए । यति बेला दुवैलाई अख्यिारको बुटवल कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्