आयल निगमले कर्मचारीका लागि छुट्यायो ११ करोड बोनस

काठमाडौं, पुस १० । नेपाल आयल निगमले आयल निगमले कर्मचारीलाई ११ करोड बोनस दिने भएको छ । गत वर्षको मुनाफाबाट ११ करोड रुपैयाँ कर्मचारीलाई बोनस दिन छुट्याएको जनाएको छ। निगमले गत वर्ष ८ अर्ब ७५ करोड खुद नाफा गरेको थियो।

निगम स्रोतका अनुसार तल्लो तहका कर्मचारीले तीन महिना तलब बराबर ९० हजार बोनस पाउने छन्। माथिल्लो तहका कर्मचारीले डेढ महिना तलब बराबर बोनस पाउनेछन्।

सरकारी स्वामित्वको यो संस्थानका कर्मचारीले मुनाफाको एक प्रतिशत बोनस बाँड्न पाउँछन्। तत्कालै भने बोनस नबाँड्ने निगमले जनाएको छ । बोनस रकम छुट्टिएको छ तर तत्कालै नबाँड्ने निगमका एक अधिकारीले बताएका छन् ।

बोनसकै कारण केहि निगमका उच्च तहका कर्मचारी जेलमा परेका छन्। निगमका अनुसार कर्मचारीका लागि भनेर छुट्याएको बोनस रकम तीन अर्ब हाराहारी पुगेको छ।

प्रतिक्रिया दिनुहोस्