निरन्तर प्याजको मूल्य क्रमशः घट्दै

काठमाडौं । केहि समय अगाडि एकाएक बढेको प्याजको मूल्य क्रमशः घट्दै जान थालेको छ । निरन्तर प्याजको मूल्य क्रमशः घट्दै जान थालेको उपत्यकाको प्रमुख तरकारी बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

दसैंको मुखैबाट भारतले आन्तरिक माग पूरा गर्न नसकेको भन्दै नेपाल लगायतका छिमेकी देशमा प्याज आपूर्ति बन्द गरेसँगै बजारमा प्याजको अभाव हुनुका साथै अत्यधिक मूल्य वृद्धि आकाशिएको थियो । दसैंताका र मंसिरसम्म नै प्रतिकिलो २ सय ५० को हाराहारीमा रहेको प्याजको मूल्य पुस लागेसँगै घट्दै जान थालेको छ ।

भारतीय प्याजको आयात रोकिएसँगै नेपालीमा बजारमा अहिले चिनियाँ प्याज धमाधम बजारमा भित्रिन थालेको छ । यता पल्छिल्लो समय बजारमा भारतीय प्याज समेत आउन सुरु गरेकोे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।

समितिका अनुसार बुधबार कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय ३० रुपैयाँ र चिनिया प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय रुपैयाँ थियो । तर, आज सो मूल्य घटेर भारतीय प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय र चिनियाँ प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँमा झरेको छ । बुधबारको तुलनामा बिहीबार भारतीय प्याजको अधिकतम खुद्रा मूल्य किलोमै १३.३३ प्रतिशत र चिनिया प्याजको मूल्य १५.३८ प्रतिशतले घटेको हो ।

त्यसैगरी, पुस १ गते र १० गते प्याजको मूल्य अवस्था हेर्दा पनि भारतीय प्याज चार दशमलब ८८ प्रतिशत र चिनिया प्याज १० दशमलब ८१ प्रतिशत मूल्य घटेको छ । यसरी प्याजको मुल्य वृद्धि भएसँगै सर्वसाधरण मारमा परेका थिए । चिनीयाँ नाका बाट भित्रीन थालेपछि भने केहि राहत भएको छ ।

हिले चिनियाँ प्याज धमाधम बजारमा भित्रिन थालेको छ । यता पल्छिल्लो समय बजारमा भारतीय प्याज समेत आउन सुरु गरेकोे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।

समितिका अनुसार बुधबार कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय ३० रुपैयाँ र चिनिया प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय रुपैयाँ थियो । तर, आज सो मूल्य घटेर भारतीय प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय र चिनियाँ प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँमा झरेको छ । बुधबारको तुलनामा बिहीबार भारतीय प्याजको अधिकतम खुद्रा मूल्य किलोमै १३.३३ प्रतिशत र चिनिया प्याजको मूल्य १५.३८ प्रतिशतले घटेको हो ।

त्यसैगरी, पुस १ गते र १० गते प्याजको मूल्य अवस्था हेर्दा पनि भारतीय प्याज चार दशमलब ८८ प्रतिशत र चिनिया प्याज १० दशमलब ८१ प्रतिशत मूल्य घटेको छ । यसरी प्याजको मुल्य वृद्धि भएसँगै सर्वसाधरण मारमा परेका थिए । चिनीयाँ नाका बाट भित्रीन थालेपछि भने केहि राहत भएको छ ।

प्रतिक्रिया दिनुहोस्