फिलिपिन्समा आँधी आउँदा १६ को मृत्यु, देशभरी बिजुली आपूर्ती बन्द

काठमाडौं , पुस १० । फिलिपिन्समा आँधी आउँदा १६ को मृत्यु भएको छ । क्रिसमसको दिन आँधी फानफोन आउँदा १६ जनाको मृत्यु हुनुका साथै करिब १० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

थुप्रै धनमालको क्षती भएको छ भने आँधीका बेला हावाको गती १९५ किलोमिटर प्रतिघण्टा रह्यो जसका कारण थुप्रै घरको छत समेत उडेको अधिकारीले बिहिबार दिएको जानकारीमा जनाएको छ । देशभरी बिजुली आपूर्ती बन्द भएको छ । थुप्रै क्षेत्रमा मोबाइल र इन्टरनेट पनि प्रभावित भएको छ ।

न्यूज एजेन्सीका अनुसार कालिबो शहरको एयरपोर्टमा फसेका एक कोरियाली पर्यटक जुंग ब्युंग जूनले बोराके जाने सबै उडान रद्द भएको जानकारी दिए । एयरपोर्ट पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अधिकारीले स्थितीलाई सामान्य गर्न जुटेका छन् । बोराके, करनसमेत विभिन्न पर्यटकीय स्थलमाथि क्षती भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्