सूर्यग्रहणको लाईभ अवलोकन हेर्न इच्छा भएमा कीर्तीपुर जानुहोस्
काठमाडौं, १० पुस। खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यस सूर्यग्रहणको अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले लाईभ अवलोकन गराउने भएको छ ।
यदि कसैलाई सूर्यग्रहणको लाइभ हेर्न इच्छा भएको किर्र्तीपुरस्थितबीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति गई हेर्न सक्नु हुन्छ ।
काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ः३८ मा सुरु भई ११ः१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ः४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।
वैज्ञानिकका अनुसार, नांगो आँखाले ग्रहण हेरेमा दृष्टि गुम्नेसम्मको खतरा हुन्छ ।
यसैलाई मध्यनजर गर्दै काठमाडौंस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले यसको दृश्यावलोकन गराउने व्यवस्था यसपटक मिलाएको छ । यस कार्यक्रममा शिक्षा मन्त्रीलाई आमन्त्रण गरिएको छ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले आज लाग्ने खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन गर्न चाहनेका लागि व्यवस्था मिलाइएको जानकारी दिए ।
शर्माका अनुसार, विशेष प्रकारको टेलिस्कोपबाट इच्छुक सर्वसाधारणले ग्रहण अवलोकन गर्नसक्नेछन् ।
शर्माका अनुसार, यसरी ग्रहण अवलोकन गर्दा सर्वसाधारणलाई कुनै शुल्क लाग्दैन । वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भावका लागि यसरी ग्रहण अवलोकन गराउन लागिएको उनले बताए ।















प्रतिक्रिया दिनुहोस्