आजका पत्रपत्रिकाले के के लेखे ? एमसीसीका विषयमा वेखेडा नगर्न अमेरिकाको चेतावनी

काठमाडौं, १० पुस। आजको राष्ट्रिय दैनिक पत्रकिाहरुले विभिन्न विषय र एजेण्डालाई समाचार बनाएको छ । कुनै देनिक पत्रिकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादीको निर्णयलाई समाचार बनाएका छन् भने कुनैले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणले बढाएको निगरानी, एमसीसी सहयोगलगायतका विषयलाई
प्रमुख समाचार बनाएको छ ।
अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग आवश्यक नभए नलिन आग्रह गरेको समाचारलाई अन्नपूर्णले लेखेको छ । एमसीसीबारे सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो ।

अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको समाचारमा उल्लेख छ ।

नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रूपमा स्वीकारिसकेको छ । तर सत्तारूढ दलकै केही प्रभावशाली नेताहरूले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन् । यही कारण नेपाल र अमेरिकाको सम्बन्ध चिसिन पुगेको अधिकारीहरूको बुझाइ छ ।मधेसकेन्द्रित दलको सत्तामोहबारेको एक विश्लेषण नागरिकमा छ । सत्तामोहमा मधेसकेन्द्रित दल फस्दा त्यहाँका मुद्दा मुर्छित बनेको नागरिक विश्लेषणको सार छ । केही दिनअघि नै प्रकाशमा आइसकेको शाहीकालका महान्यायाधिवक्ता न्यायपरिषदमा सिफारिस भएको खबरलाई पनि नागरिकले पहिलो पृष्ठमा निकै नै प्राथमिकतापूर्वक आज छापेको छ ।

राजधानीले सभामुख चयनका लागि सत्तारूढ नेकपालाई सकस परेको लेखेको छ भने गोरखापत्रमा एमसीसी अनुमोदनमा कुनै द्विविधा नरहेको भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा व्यक्त भनाइलाई समाचारको रूप दिइएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कर छली, कर्जा अपचलन र हुन्डीमा संलग्न एक दर्जन व्यवसायी र बैंकका सीईओमाथि अनुसन्धान थालेको खबर पनि अन्नपूर्णमा छ । यसरी अनुसन्धानका दायरामा आएका व्यक्तिबारे भने अन्नपूर्णले खेलेको छैन ।

प्रतिक्रिया दिनुहोस्