गायक रामकृष्ण ढकाल र निलम शाहले गरे सम्बन्ध बिच्छेद
काठमाडौं, पुस ९ । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहले सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेका हुन् ।
ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गरेका हुन् ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाले मिलापत्रका आधारमा सम्बन्ध बिच्छेद गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्