एमसीसी नेपालको हितमा छ, अनावश्यक टिकाटिप्पणी गर्नु पर्ने जरुरी छैनः पराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, पुस ९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी नेपालको हितमा रहेकाले अनावश्यक टिकाटिप्पणी गर्नु पर्ने जरुरी नरहेको बताएका छन्।

साथै उनले अध्ययनको कमी र पूर्वाग्रही सोच राख्दा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता विवादमा तानिएको तर्क गरे ।

बुधबार राष्ट्रिय सरोकार समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले त्यस्तो तर्क अघि सारेका हुन्।

२००२ मा अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसले एमसीसी आयोजनाको घोषणा गरेको र यो विधिका विधिको शासन, खर्च गर्ने क्षमता भएका देशलाई दिने सहयोग भएको ज्ञवालीको भनाई छ ।
उनले नेपाल आफैले अध्ययन गरेर उर्जा तथा सडकमा लगानी गर्दा ठिक हुने भएपछि एमसीसीको सम्झौता गरेको बताए।

सबै पार्टीको सहमतिको आवश्यकता ठहराएर नै संसदबाट त्यससम्बन्धी विधेयक पारित गर्ने प्रावधान राखिएको उनको भनाई छ।

नेपालकै अवस्थाका कारण यो एमसीसी सम्झौता ढिलो भएको भन्दै यो योजनामा सबै पार्टीको सहमति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्