चिलिमा आगोबाट १२० घर जलेर ध्वस्त

काठमाडौं, पुस ८ । चिलीको सहर भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन् । सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ ।

आगोबाट असर नपरोस् भनेर करिब ९० हजार ग्राहकको बिजुली काटिएको छ ।
भाल्पाराइसो मध्य चिलीमा पर्दछ । यो क्षेत्र दक्षिण अमेरिकाको पर्यटक गन्तव्यको रुपमा समेत चिनिने गरेको छ । सो आगलागी जंगलबाट शुरु भएको जनाइएको छ ।

भालपाराइसोका मेयर जोर्ग सार्पले सो आगो सुनियोजित रुपमा लगाइएको हुन सक्ने जनाएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । आपतकालीन उद्धारकर्ताहरु अहिले त्यहाँ खटिइरहेको जनाइएको छ ।

मेयरले ठूलो हुरी चलेको र तापक्रम पनि बढी भएकाले आगलागी फैलिन मद्धत गरिरहेको बताएका छन् । आगलागीबाट करिब १२० हेक्टर क्षेत्रको घाँसे मैदान पहिला नै सखाप भएको छ ।

प्रतिक्रिया दिनुहोस्