हेम बहादुर मल्ल पुरस्कार निर्देशक घिसिङ र डा. रुईतलाई प्रदान गरिने
काठमाडौं, पुस ८ । यस वर्षको हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ ।
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याए वापत कार्यकारी निर्देशक घिसिङलाई र आखाँ उपचारमा अतुलनीय योगदानको खातिर आखाँ विशेषज्ञ डा.रुईतलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो । कार्यकारी निर्देशक घिसिङलाई विस.२०७३ र २०७४ को पुरस्कार डा. रुईतलाई वितरण गरिने छ । सो पुरस्कार यहि पुस ११ गते होटल याक एण्ड यतिमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा पुरस्कृत गर्ने ले गर्ने कार्यक्रम छ ।
साल्ट्रट्रेडिङ कर्पोरेसन लिमीटेड र नेपाल जनप्रसाशन संघको आयोजनामा उनीहरुलाई सम्मानसहित उक्त पुरस्कार प्रदान गरिन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत सो कुरा जनाकारी दिएको हो । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समितिले कार्यकारी घिसिङ्ग र डा.रुईतलाई पुरस्कस्कृत गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा आयुक्त बास्कोटाले बताए । पुरस्कार राशि रु २ लाख रहेको र यसलाई समय सान्दर्भिक रुपमो बढाईदै लगिने उनले बताए ।
नेपाल जनप्रशासन र साल्ट्रट्रेडिङ कर्पोरेसन लिमीटेडको आपसी समझदारीबाट हेमबहादुर मल्ल सम्मान २०५९ सालमा स्थापना गरिएको हो ।
बाग्लुङ्ग , ढोरपाटनमा जन्मिनु भएका मल्लको २०७२ साल कात्तिक १२ गते निधन भएको थियो उनकै सम्झनामा प्रत्येकवर्ष समाज तथा देशमा विषेश योगदान गरेका व्यक्तिहरुलाई हेमबहादुर सम्मान प्रदान गरिदै आएको छ ।
पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भएका थिए ।
कार्यक्रममा साल्ट्रट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धर, प्रमुख कार्यकारी अधिकृत उर्र्मीला श्रेष्ठ, नेपाल जन प्रशासन संघका अध्यक्ष हिरामणि घिमिरे लगायको वक्ताहरुले बेलेको थिए ।
सम्मान दिने आधारहरु: कुलमान घिसिंग
– भारतमा गई इञ्जिनियरिङमा स्नातक अध्ययन गर्न छात्रवृत्ति पाएको ।
– अध्ययन सकिएपछि नेपाल फर्केर सन् १९९५ मा विद्युत प्राधिकरणमा सेवा प्रवेश गरेको ।
– सेवाको शुरुवात नै दुर्गम गाउँमा विजुली कसरी पु¥याउने र साना जलविद्युत् आयोजना कसरी सञ्चालन गर्ने जस्ता जनताको मन छुने र ह्रदय जित्ने कामबाट आरम्भ गरेको ।
– सन् २०१० मा चिलिमे जलविद्युत् कम्पनी लि.को प्रबन्ध निर्देशक हुँदा रसुवाका स्थानीय जनतालाई विद्युत् आयोजनाको शेयरधनी बनाई आयोजनामा स्थानीय जनताको अपनत्व र स्वामित्वको अनुकरणीय प्रणालीको सुत्रपात गरेको ।
– सन् २०१६ को सेप्टेम्वरमा प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै शुरुमा काठमाडौं र केही समयपछि पूरै देशलाई नै लोडसेडिङ मुक्त बनाएको ।
– यसरी विद्युत सम्भावनामा समृद्ध भएर पनि दैनिक १८ घण्टा सम्मको अँध्यारोमा बाँँच्न विवश नेपालीहरुलाई लोडसेडिंग मुक्त तुल्याउन अतुलनीय योगदान गरेको ।
डा.सन्दुक रुईत
– नेपालको नेत्र चिकित्सा क्षेत्रमा अप्रतिम योगदान पु¥याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्ने विशिष्ट प्राज्ञिक तथा पेशागत चिकित्सक भएको ।
– भारतका प्रतिष्ठित शिक्षाकेन्द्रहरुबाट नेत्र चिकित्सा विज्ञानमा उच्च शिक्षा एवं प्रशिक्षण आर्जन गरी सन् १९७७ देखि वीर अस्पतालबाट आफ्नो चिकित्सा सेवा आरम्भ गरेको ।
– विगत चार दशकको आफ्नो व्यावसायिक जीवनमा देश–विदेशका कैयन प्रतिष्ठित संस्थाहरुमा आवद्ध भई बिभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेको ।
– दर्जनौ स्तरीय जर्नलहरुमा अनुसन्धानात्मक लेखहरु प्रकाशित गरेको ।
– सन् १९९४ मा तिलगंगा आँखा अस्पतालको स्थापना भएपश्चात् यसको कार्यकारी निर्देशकका रुपमा कार्यरत रहेको ।
– झण्डै १ लाख ३० हजारभन्दा बढीको उपचार गरी उनीहरुको नेत्रज्योति पुनःस्थापित गरेको ।
– साथै ३० भन्दा बढी मुलुकहरुमा प्रयोग भइराखेको स्तरीय, कम खर्चिलो एवं भरपर्दो आँखाको लेन्स उत्पादन गर्ने जस्ता महत्वपूर्ण कार्यमा प्रत्यक्ष योगदान गरेको ।
फोटोफिचर:
प्रतिक्रिया दिनुहोस्