तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो, जनजीवन कष्ठकर

काठमााडौं । १४ माघ । माघ दोस्रो साता हुँदै गर्दा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

देशको तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको अवस्था छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

चिसो कारणले तराइमा जनजीवन कष्ठकर छ । यसबाट बच्नको लागि न्यानो कपडा, न्यानो घरमा बस्ने मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्