नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न दिनौं: नेता थापा
काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि जसरी पनि फिर्ता ल्याउने दाबि गरेका छन् र उनले यसका लागि सबै युवाले सङ्घर्ष गर्नुपर्ने औंल्याएका छन् ।
तनहुँमा आयोजना गरिएको एक कार्यक्रममा नेता थापाले यस्तो औंल्याएका हुन् । नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने उनले बताए । ‘सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ,’ नेता थापाले भने, ‘हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।’
साथै उनले आफ्नो भुमी फिर्ता ल्याउ जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे ।
प्रतिक्रिया दिनुहोस्