बसको ठक्करबाट छात्राको मृत्यु, दुर्घटनास्थल तनाव

काठमाडौं, ७ पुस । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । साथीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको गर्नुका साथै र सुकेधारा, चाबहिल क्षेत्रमा प्रदर्शनबाट गरेको छ । त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ । सुरक्षाको लागि बाक्लोमात्रामा प्रहरी खटाइएको छ ।

भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गए थियो । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल र्पुयाइएकोमा त्यही उनको मृत्यु भएको हो ।

गोरखा घर भएकी २१ वर्षीय पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताए । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत थिइनन् ।

पन्तको मृत्युपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल मित्रपार्क क्षेत्रमा प्रदर्शन गरे । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं–भक्तपुर रुटमै चल्ने बा ४ ख ७१०४ नम्बरको अर्काे बसमा आगजनी गरेका गरे । आगलागीबाट बस पूर्ण रूपमा नष्ट भएको छ । साथै आगोको लप्काले एक घरमा पनि सामान्य क्षति पुगेको छ ।

आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित हुँदा पसलहरु पनि बन्द गर्नुपर्ने अवस्था आएको छ । प्रहरीका अनुसार, अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन पूर्ववत अवस्थामा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्