सुनसरीमा भेटियो एक थान एसएमजी र १० हजार गोली
काठमाडौं, पुस ६ । सुनसरी बराहक्षेत्रबाट प्रहरीले एक थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ। सुनसरीको बराहक्षेत्रमा एसएलआर राइफलसहित ठूलो मात्रामा गोली फेला परेको हो ।
सुनसरी प्रहरीले छापा मार्दा कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौ हजार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी बराहक्षेत्र ५ मा एक स्थानीयको कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा छापा मार्दा हतियार भेटिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिए। ‘बरामद गरिएको हतियार डम्पिङ गरेको भन्ने कुरा आएको छ,’ डिआइजी ज्ञवालीले भने, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौं।’
बरामद गरिएको हतियारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरिएपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्