सप्तरीमा शितलहरका कारण विद्यालयमा बन्द
काठमाडौं, पुस ५ । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको तीन स्थानीय तहले केहि दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सदरमुकाम राजविराजले पुस ६ गते आईतबारदेखि तीन दिन नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शैक्षिक क्यालेण्डरमा जाडो विदा प्रयोजनका लागि छुट्टयाइएको ६ दिन विदामध्ये हाललाई तीन दिने विदा दिने निर्णय गरिएको नगर प्रमुख शम्भु यादवले बताए । चिसो निरन्तर रहेमा पुस ८ गते हुने नियमित प्रअ बैठकमा छलफल गरी निर्णय गरिने उनले बताए ।
यसअघि सप्तकोशी नगरपालिकाकाले पाँच दिनका लागि नगरभित्रका विद्यालयहरुमा पाँच दिनका लागि विदा दिइसकेको छ । बिहीबारदेखि नै सप्तकोशी नगरपालिकाको शिक्षा समितिले पाँच दिनका लागि विद्यालयमा विदा दिएको छ ।
यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाले जाडोका कारण बिहीबार र शुक्रबार विद्यालयहरुमा विदा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्