सुख्खा बन्दरगाह निर्माण गर्दै चौधरी ग्रुपले ७ अर्ब लगानीमा

काठमाडौं, पुस ५ । चौधरी ग्रुपले विराटनगरमा ७ अर्ब लगानीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ । विराटनगर भएर भारतको जोगबनीबाट रेल आउने भएपछि त्यसको कार्गो व्यवस्थापन गर्ने गरी चौधरी ग्रुपले यूएईको सर्राफ ग्रुपसँग मिलेर ड्राइपोर्ट निर्माण गर्न लागेको हो ।यसका लागि गत आइतबार बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाकीको सहभागिता लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सीजी लजिस्टिक प्रालि तथा सर्राफ ग्रुपका तर्फबाट चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्