मोटरसाइकल चोरी गर्दा गर्दै चारजना समातिए

काठमाडौं, पुस ५ । मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कोल्बी नगरपालिका वडा नम्बर ६ सखुवाहा बस्ने २३ वर्षीय देवराज चौधरी, वडा नम्बर ५ मलहनियाका १८ वर्षीय आशा चौधरी, करैयामाई गाउँपालिका वडा नम्बर ५ ठोरिहाई बस्ने २० वर्षीय राकेश चौधरी र २० वर्षीय दिपक चौधरी रहेका छन् ।

उनीहरु चारैजनालाई प्रहरीले मोटरसाइकल चोर्न लागेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मोटरसाइकलको लक फुटाउने मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच, प्लक थान २ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्