२५ एसपीको सरूवा, चितवनमा नयाँ एसपी पन्त, अन्यमा को कहाँ भए ?

काडमाडौं, पुस ४ । प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमख फेरिएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ । रौतहटमा रविराज खड्का पठाइएका छन्। चितवनमा गंगा पन्तको सरूवा भएको छ। चितवनमा कार्यरत प्रहरी उपरीक्षक दानबहादुर मल्लको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सरूवा भएको छ ।

धनुषाका शेखर खनाल प्रहरी प्रधान कार्यालय सरुवा भएका छन्। धनुषामा रमेशकुमार बस्नेतको सरूवा भएको छ। झापामा कार्यरत् दिनेश मैनालीको एक नम्बर प्रदेश प्रहरी दंगा गण सुनसरी सरूवा भएको छ ।


झापामा कृष्ण कोइरालाको सरूवा भएको छ। रवि पौडेल काभ्रे, सुशीलसिंह राठौर मकवानपुर, श्यामकुमार महतो प्रदेश ट्राफिक कार्यालय बारा, विश्वमणि पोखरेलको सर्लाही, रविन्द्र रेग्मी धादिङ, मुकेश सिंहको महानगरीय अपराध महाशाखामा सरूवा भएको छ।

प्रतिक्रिया दिनुहोस्