नक्कली मह बेच्ने ३ जना गिरोह पक्राउ, ७ जना फरार

काठमाडौं, पुस ४ । नक्कली मह बेच्ने ३ जना पक्राउ परेका छन् भने अझै ७ जना फरार रहेको प्रहरीले जनाएको छ । पूर्वी चितवनको पर्सा बजारमा लामो समयदेखि नक्कली मह बेच्ने गिरोहलाई मौरीपालक किसानको पहलमा पक्राउ गरिएको हो ।

नक्कली मह बेच्ने ३ जनालाई गए राति नै पक्राउ गरिए पनि ७ जना फरार रहेको स्थानीय प्रहरीले जनाएको छ । फरार अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अखाद्य वस्तुमा मौरीको चाका मिसाएर बेच्ने भारतीय तथा केही नेपालीको मिलेमतोमा उक्त काम हँुदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूबाट साढे ३ क्विन्टल नक्कली मह बरामद गरेको छ ।

उक्त नक्कली महलाई जिल्ला प्रशासन कार्यालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण शाखाले जांँच गरिसकेपछि नष्ट गरिने बताइएको छ । उनीहरूलाई कालाबजारी अन्तर्गत कारबाही गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्