पाँच वर्षभित्र ३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा
काठमाडौं, पुस ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घट्ने बताएका छन् । उनले गरीबी घटाएर १५ प्रतिशतमा झारिने दाबि गरे ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा ः आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उनले १८ प्रतिशतको गरीबी पाँच वर्ष्भित्र १३ प्रतिशतमा झारिने बताएका हुन् ।
सरकारका प्रवक्ताले भन्नुभयो, “पाँच वर्ष्भित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उनको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस्