मलेसियाले श्रमिकको न्युनतम पारिश्रमिक बढायो

काठमाडौं, पुस ४ । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको पारिश्रमिक बढाउने भएको हो ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ । तलव बढेपछि प्रत्येक कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार रुपैयाँ हुनेछ ।

अहिले मलेसियामा काम गर्ने कामदारको न्यूनतम तलब ११ सय रिंगेट छ । मलेसियाली सञ्चार माध्यम द सन दैनिकमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरमा कार्यरत श्रमिकलाई एकै पटक न्यूनतम पारिश्रमिक लागू गर्ने जनाइएको छ ।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइला पुग्ने छ । अब जनवरीदेखि मलेसियामा काम गर्ने सबैको तलब वृद्धि हुनेछ । मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्