विद्युत् प्राधिकरणको सेवा भरपर्दो र चुस्त बनाउन उर्जामन्त्रीको निर्देशन

काठमाडौं, पुस ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको सेवा भरपर्दो र चुस्त बनाउन निर्देशा दिएका छन् । उनले नेपाल विद्युत् प्राधिकरणको सेवालाई प्रभावकारी बनाउन पनि निर्देशन दिए ।

‘सहज सेवा, स्वच्छ नेपाल विद्युत् प्राधिकरण’ राष्ट्रिय अभियानको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उनले इसतो निर्देशन दिएका हुन् । सार्वजनिक संस्थानलाई पारदर्शी बनाउनुपर्ने भन्दै उनले पारदर्शी प्रशासनबाटमात्र सेवालाई प्रभावकारी बनाउन सकिने बताउँदै विद्युत् पुग्न बाँकी १२ प्रतिशत क्षेत्रमा तीन वर्ष्भित्र सेवा र्पुयाइने बताए ।


उनले ऊर्जाको विकासबाट आर्थिक क्षेत्रको विकास सम्भव हुने बताउँदै उत्पादित विद्युत् भारत र बंगलादेशलाई बिक्री गर्न सकिने पनि बताए ।साथै उनले राष्ट्रसेवक कर्मचारीलाई राज्यले विभेद नगरेको उल्लेख गर्दै सरकारले युनियनलाई सहकर्मीकैरुपमा व्यवहार गर्ने बताए ।

कर्मचारीमा नैतिकता र अनुशासन गुम्दै गएको भन्दै उनले सेवालाई मर्या्दित बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्