आजका पत्रपत्रिकाले के के लेखे ?


काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेसन(एमसीसी) सम्झौता, राष्ट्रिय मुआब्जा निर्धारण नीति आउँदै, नेकपा बैठक, वरुण वेभरेजले गरेको राजस्व छली, पूर्वसभामुख महराबारे अदालतले मुथानाराख्न दिएको आदेश लगायतका समाचारलाई आजका आजका दैनिक पत्रिकाहरूको प्राथमिकताका साथ प्रकाशित गरेको छ । त्यस्तै, नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडा दुरुपयोग, अमेरिकी राष्ट्रपतिविरुद्धको महाभियोगलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरूले महत्वकासाथ समाचार बनाएका छन् ।

आजको राष्ट्रिय दैनिक कान्तिपुरले नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडामा लगाउँदा अनियमितता भएको खुलासा गरेको छ । ट्रस्टको जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको समाचारमा उल्लेख छ । जग्गा भाडामा लिने थामसेर्कु यती समूहको भगिनी संस्था हो ।

कान्तिपुरका अनुसार, थामसेर्कुले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ सरकारलाई दिनेगरी प्रस्ताव पेस गरेकामा १ अर्ब ४० करोड रुपैयाँ मात्रै तिरे पुग्ने सम्झौता गरिएको छ ।

कान्तिपुर लेख्छ– ६ अर्ब ९७ करोड रुपैयाँमा भवन बनाएर ३० वर्षसम्म सञ्चालन गर्ने प्रस्ताव थामसेर्कुले गरेको थियो । तर, त्यसअनुसार सम्झौता नभएपछि ३० वर्षको अवधिमा ५ अर्ब ५७ करोड रुपैयाँ नोक्सानी हुने देखिएको हो । यस आधारमा वार्षिक झन्डै साढे १८ करोड रुपैयाँ नोक्सानी हुने देखिन्छ ।

नेपाल ट्रस्टको सञ्चालक समितिको ०७१ साउन २८ को बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिन स्वीकृत गरेको हो । बोलपत्र आह्वानमा ६ कम्पनीले प्रतिस्पर्धा गरेका भए पनिच यती समूहको भगिनी संस्था थामसेर्कुको प्रस्ताव स्वीकृत भएको कान्तिपुरले लेखेको छ ।

एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकमा यसका नेतृत्वमाथि नेताहरूले उठाएका जटिल प्रश्नबारे पनि कान्तिपुरले चर्चा गरेको छ । समाचार अनुसार, एमसीसी, बीआरआई र इन्डोप्यासिफिकबीचको अन्तर, गुटबन्दी, सरकार र पार्टीको कार्यशैलीलगायत विषयमाथि नेताहरू केन्द्रित भएका छन् ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेको खबर अन्नपूर्णमा पढ्न सकिन्छ । अन्नपूर्णका अनुसार, नेपालले किनारामा पारिएको भन्दै स्थायी समिति बैठकमा चित्त दुखाएका छन् ।

त्यस्तै कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको आरोप पनि नेता नेपालको छ ।

एमसीसी पारित गर्न कांग्रेसले गरेको आग्रह, ट्रम्पविरुद्ध अमेरिकाको तल्लो सदनले पारित गरेको महाभियोग प्रस्तावलगायत विषयलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

नागरिकले मूल्य अभिवृद्धि करको नक्कली कारोबारमार्फत रामजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब २ अर्ब रुपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर भएको लेखेको छ । राजधानीमा लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट खडा हुन लागेको समाचार छ ।
आर्थिक वृद्धिको लक्ष्य आफैं लेख्न आफैं मेटाउने, १५ वर्षपछि भैरहवा सेज पूर्ण रुपमा सञ्चालनमा आउँदै आर्थिक दैनिक पत्रपत्रिका समाचार प्रकाशित गरेको छ ।
त्यस्तै सामाजिक सुरक्षा योजना ऐच्छिक होइ अनिवार्य भनी सरकारले बताएको कुरालाई आजको आर्थिक अभियानले समाचार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्