पूर्वसभामुख महरालाई धरौटीमा छाड्न उच्च अदालतद्वारा अस्वीकार

काठमाडौं , पुस ३ । बलात्कारको प्रयास गरेको आरोप लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनले धरौटीमा छाड्न अस्वीकार गरेको छ।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थुनामै रहने भएका छन्।

बिहीबार न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महराले गरेको पुनरावेदनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

बलात्कारको उद्योगको आरोपमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अहिले उनी डिल्लीबजार कारागारमा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्