सरकारले गर्यो नेपाली सेनाका चारजना उच्च पदस्थको बढुवा

काठमाडौं, पुस ३ । नेपाली सेनाका चारजना उच्च पदस्थहरूको बढुवा भएको छ। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सहायक रथी निर्मलकुमार थापालाई उपरथी पदमा, महासेनानी नारायण सिलवाललाई सहायक रथी पदमा, प्रमुख सेनानीहरू लब खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी दर्जामा पदोन्नति गरेको हो।

त्यस्तै, गत मंसिर ३० गते नै बसेको मन्त्रिपरिषदको बैठकले २ सेनानीको राजीनामा स्वीकृत गरेको छ।

मन्त्री परिषदले महासेनानी दीप सिंह, प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा स्वीकृत गराएको सरकार प्रवत्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। त्यस्तै मन्त्रिपरिषदले तीन जना उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्