सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप्ने सरकारको निर्णय

सरकारले सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको छ र । सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् जनाकारी दिएको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन्।

यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो। चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन्। सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको हो।

नेपालको भूमि समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै फेरि सीमा विवाद बल्झिएको छ। यद्यपी भारत सरकारले भने नेपालीको भूमि नसमेटी नक्सा सार्वजनिक गरिएको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्