वैदेशिक रोजगार: ६ वर्षमा ३८८ जना सम्पर्कविहिन

काठमाडौं, पुस ३ । ६ वर्षमा वैदेशिक रोजगारीमा गएका ३८८ जना सम्पर्कविहिन भएका छन् । सन् २०१३ देखि २०१९ सम्म नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश गएका ३ सय ८८ जना कामदार सम्पर्क्विहीन भएको तथ्य फेला परेको हो ।

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने संस्था प्रवासी नेपाली समन्वय समितिकाअनुसार पछिल्लो ६ वर्षमा संस्थामा ३ सय ८८ जना हराएको उजुरी संस्थामा परेसँगै यस्ता तथ्य फेला परेको हो ।
यसरी हराउनेमा ३ सय १३ जना पुरुष तथा ७५ जना महिला रहेको संस्थाले जनाएको छ सबैभन्दा बढी मलेसिया जाँदा वेपत्ता भएको निवेदन उल्लेख छ । मलेसियाबाट समयमा २ सय कामदार सम्पर्क्विहीन भएका छन्।

यस्तै, ६७ जना साउदी अरब, ४६ जना कुवेत, २३ जना युएई तथा २२ जना कतारबाट सम्पर्क्विहीन भएका हुन्। बाँकी ३० जना अन्य मुलुकबाट वेपत्ता भएको संस्थाको तथ्याङकले देखाएको छ।
नवलपरासी जिल्लाबाट सबैभन्दा बढी सम्पर्क्विहीन भएका छन्। यस्तै, कैलाल, धनुषा, धादिङ, सिन्धुपाल्चोक, सर्ला्हि, उदयपुर, सुनसरी, सप्तरी, र नुवाकोटबाट धेरै सम्पर्क्विहीन भएको उजुरी संस्थामा परेको छ।

उक्त संस्थाले विदेशी जेलमा परेर सबैभन्दा धेरै सम्पर्क्विहीनभएको बताएको छ। यस्तै, विदेशमा प्रेम सम्बन्धमा पर्नु, मृत्यु हुनु, पारिवारिक मनमुटाव, दुर्घटनामा पर्नु, रोजगारदाताका कारणले तथा व्यक्तिगत कारणले सम्पर्क गर्न नचाहेको पाइएको संस्थाले बताएको छ।

यसैबचि पछिल्लो समय वैदेशिक रोजगार अलि असुरक्षित पनि हुँदै जान थालेको छ । हरेक दिन रोजगारीका लागि विदेश गएका नेपाली कामदारको लास नेपालमा आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्