तीव्रगतिले लियो १९ जनाको ज्यान : छानबिन समिति

काठमाडौं, पुस २ । पछिल्लो समय सडक दुर्घटना बढ्दै जान थालेका छन् । मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको छ भने कतिपयको अवस्था बाच्नु न मर्नु छ यहि सडक दुर्घटनाले , केहि घाइते छन् । आँखिर किन भइरहेको छ त नेपालमा यस्तो सडक दुर्घटना । यसको न्युनिकरणका लागि राज्य तथा विभिन्न निकायले ध्यान दिन जरुरी छ ।

यसैबीच तीब्रगतिका कारण अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
गत मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो।

दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक रहेको नौ सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागजले समेत तीब्रगतिका कारण बस दुर्घटना भएको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्