मोहन खड्काको मार्मीक गीत ‘चिसो महिना पुषैको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, पुस २ । लोक तथा दोहोरी गायक मोहन खड्काको नयाँ गीत ‘चिसो महिना पुषै’को सार्वजनिक भएको छ । गीत बजारमा आउनुभन्दा अगाडिनै टिकटक लगायत सामाजिक संजालमा भाईरल भैसकेको थियो । यहि कारण पनि यस गीतलाई अत्यधिक पखाईको रुपमा लिएको थियो र त्यो हिजो समाप्त भएको छ ।

गीत गायक खड्काकै अफिसियल युट्युवमार्फत भर्खेरै मात्र सार्वजनिक गरिएको हो । गीत बजारमा आएसंगै सा्रेताले निकै रुचाएका छन् । उनीहरुले गीतको निकै राम्रो प्रतिक्रिया दिएका छन भने गीतले दर्शकश्रोताको मन जित्न पनि सफल भएको छ ।

गीतमा रहेका यी शब्दले आफ्नो मनभित्रको मान्छेको पिडामा उस्लाई भन्दा आफुलाई बढि दुखेको यथार्थ कथा दर्शाएको छ । गीतको भिडियो पनि निकै राम्रो बनेर बजारमा आएको छ । उसो त गायक मोहन खड्काका हरेक गीत उत्कृष्ट हुने गर्दछन् । उनका हरेक गीतले सा्रेता दर्शकको मन जेतेको हुन्छ । उनी मार्मीक मनछुने खालका गीत प्रार्य गाउने गायकमा पर्दछन् ।

पछिल्लो समयमा नेपाली लोक सांगेतिक क्षेत्रमा एकपछि अर्का गीतहरु आउनेक्रम बढ्दो छ । बिशेष गरेर माया प्रेम र बिछोडका गीतहरु बढि आउने गरेका छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाउछन् ।

गायक खड्का र तुलसी घर्तीमगरको आवाजमा रहेको उक्त गीतमा नेत्र अर्यालको शब्द तथा स्वयं गायक खड्काको लय रहेको छ । बिनोद भण्डारीको ‘कन्सेप्ट’ तथा निर्देशनमा तयार पारिएको गीतमा आफ्नो प्रिय मान्छे जिवनसाथी जस्लाई प्राणभन्दा बढि माया गरिन्छ त्यहि मान्छे बिरामी, अशक्त भएपछिको पिडा र ब्यथालाई कलाकार ओवि रायमाझी र आयुष्मा काकीको जिवन्त अभिनय देख्न सकिन्छ ।


=


प्रतिक्रिया दिनुहोस्