आज वर्षकै चिसो दिन ३.७ डिग्री सेल्सियस

काठमाडौं, २ पुस । केहि दनि अघि पानीपरेपछि ठण्डी ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३.७ मापन भएको हो । यो तापक्रम यस वर्षकै न्युन तापक्रम हो ।

मौसम विज्ञानले बुधबार बिहान साढे ६ बजे न्यूनतम तापक्रम ३.७ डिग्री मापन भएको जनाएको छ । काठमाडौं उपत्यका मत्रै नभई देशैभरको तापापक्रा न्युन हुँदा ठण्डी बढेको छ । चिसो बढ्दै अर्झ बढ्ने मौसम विभागको अनुमान छ ।
हिमाली तथा तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको महाशाखाले जनाएको छ ।

बाक्लो रुपमा हुस्सु कुहिरो लागेकाले तराईका जिल्लामा हुने हवाई उडान सहित सवारी आगमनमा समेत प्रभावित भएको छ । यस वर्ष तराईको जिल्लाहरुमा सितलरह पर्ने संभावना बढ्र्द गएको । यसबाट बच्च समयमै सचेत रहन न्यानो कपाडा र खानपानमो ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्