नेप्सेमा सामान्य सुधार
काठमाडौं , पुस १ । सेयर बजारको तेस्रो दिनमा सामान्य सुधार आएको छ । साताको पहिलो र दोस्रो दिन गिरावट आएको सेयर बजारमा तेस्रो दिनमा भने सामान्य सुधार आएको हो ।
सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १ दशमलब २६ अंकले बढेर १ हजार १ सय ५५ दशमलब ३७ अंकमा पुगेको हो । नेप्सेमा सुधार आउँदा सेन्सिटिभ इन्डेक्स्ट भने शून्य दशमलब २४ अंकले घटेर २ सय ५३ दशमलब २८ अंकमा पुगेको छ ।
यस दिन बजारमा १ सय ६७ कम्पनीका ८ लाख ४० हजार ६ सय ७७ कित्ता सेयर २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँमा कारोबार भए ।
नेप्सेमा सुधार आएको दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये आठ समूह उकालो लागे भने चार समूह ओरालो लागे । यस दिन जीवनबिमा समूह सर्वा्धिक ४६ दशमलब ५८ अंकले उकालो लाग्यो भने होटल समूह सर्वा्धिक १२ दशमलब ७५ अंकले ओरालो लाग्यो ।
साताको तेस्रो दिन बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ३ करोड ४६ लाख २८ हजार ६ सय ४३ रुपैयाँमा कारोबार भएको हो ।
बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वा्धिक ९ दशमलब ६८ प्रतिशत सेयर मूल्य कमाए, त्यसैगरी, दिव्येश्वरी हाइड्रोपावरका लगाानीकर्ताले सर्वा्धिक ६ दशमलब ८९ प्रतिशत सेयर मूल्य गुमाए ।
प्रतिक्रिया दिनुहोस्