गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ
काठमाडौं, पुस १ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्थानका प्रशासक र उपप्रशासकलाई पक्राउ गरेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख (प्रशासक) नारायणप्रसाद चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई संस्थाको कार्यालयबाटै पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले चौधरी र रेग्मी पक्राउ परेको पुष्टि गरका छन् ।जग्गासम्बन्धी विवादमा घुस रकम लिएको अभियोगमा चौधरी र रग्मीलाई पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ ।
उनीहरुले जग्गासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । तर, अख्तियारको टोलीले निगरानी गरिरहेको जानकारी पाएपछि घुस लिनेवित्तिकै फिर्ता गरेका थिए ।
अख्तियारका प्रवक्ता कोइरालाले चौधरी र रेग्मीले घुस माग गरेको तथा घुस रकम लिएको अन्य प्रमाणा प्राप्त भएकाले मंगलबार दिउँसो दुवैजनालाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्