दर्ताबिनै चलिरहेका छन् साढे ६ हजार उद्योग

काठमाडौं, पुस १ । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा रहेको खुलेको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ता्बिनै सञ्चालनमा रहेका कार्यालय प्रमुख तुलसी पोख्रेलले बताए ।

यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेमा उनले जोड दिँदै यी उद्योगलाई मापदण्डमा ल्याउनु पर्ने उनको भनाइ रहेको छ । दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा धेरै उद्योग रहेका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ३ हजार ६८८ रहेका छन् ।त्यस्तै बङ्गलाचुली गाउँपालिकामा ३८७ प्रतिष्ठानमध्ये १५६ दर्ता भएको र २३१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी राप्ती गाउँपालिकामा १ हजार २१८ मध्ये ७९१ वटा दर्ता भएका र ४२७ वटा दर्ता नभएका रहेका छन् ।

जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७० देखि २०७५ साल जेठसम्म ९ हजार १५९ उद्योग थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्