अत्यधिक चिसो बढ्दै, जनजीवन कष्टकर बन्दै

काठमाडौं, १ पुस । हिमाली क्षेमा हिमपात र तराइका क्षेत्रमा हुस्सु र कुहिरोका साथै सितलहरको पनि संभवना छ । अत्याधिक चिसोको कारण जनजीवन अस्त व्यस्त हुन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाले मौसमको पूर्वानुमान अनुसार महाशाखाले तराईका विभिन्न स्थानमा र पहाडी र हिमाली क्षेत्रको मौसको आज दिनभरीको अवस्थाको बारेमा जानकारी दिएको छ ।

मौसम विभागका मंगलबार देशको पहाडी भू–भागहरुमा आंशिक बदली हुने र तराईका भु–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिनभरी देशको पूर्वी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यता सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यद्यपि, देशभरी नै चिसो बढेको छ । चिसोले दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ ।

यसैगरी, तराईका अधिकांश भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ । पहाडी क्षेत्रहरुमा पनि सामान्य हुस्सु लागको छ । मौसम पूर्वानुमानले आगामी २४ घण्टाको लागि शित लहरको सम्भावना भने नरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्