सिर्जना फाइनान्सले ३ लाख २० हजार कित्ता सेयर लिलामीमा ल्याउने
जागरण न्युज
काठमाडौं, मंसिर ३० । सिर्जना फाइनान्सले पुस ७ गतेबाट ३ लाख २० हजार ७४२ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । यसमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता सेयर सर्वसाधरण समूहको गरी जम्मा ३ लाख २० हजार ७४२ कित्ता रहेको छ । कम्पनीले ६० % हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि त्यसलाई लिलामी प्रक्रियाबाट बेच्न लागेको हो ।
फाइनान्सले गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । यो लिलामी सेयरमा पुस १४ गतेसम्म आवेदन दिन पाइनेछ । यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ।
यसमा सन्राइज क्यापिटल कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी साथै सिर्जना फाइनान्सको विराटनगर, राजविराज शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्