सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत

काठमाडौ, ३० मंसिर । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत भएको छ । दोलखाको कालिञ्चोक तीर्थ यात्रामा गएर फर्केको गाडी आइतबार दुर्घटना हुँदा १५ जनाको ज्यान जानुका साथै १९ जना घाइते भएका थिए ।
दुर्घटनामा ज्यान गुमाएका मध्ये दोलखाको शैलुङेश्वरी गाउँपालिका फस्कुका चिनु बस्नेत, रामेछापका सुनपानी गाउँपालिका ६ की जुनुमाया तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङको परिचय खुलेसँगै १५ जनाकै सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक प्रज्वल महर्जन ले जानकारी दिए ।
त्यस्तै आइतबारनै सनाखत भएका १२ जनाहरुमा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।
दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसी

दुर्घटनामा ज्यान गुमाएका मध्ये १२ जनाको हिजो नै सनाखत भएको थियो ।
घाइतेको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्