नेपाल एअरलाइन्सले अब छिट्टै चीन र जापानको नारितामा उडान गर्ने
काठमाण्डौ, मंसिर २९ । नेपाल वायुसेवा निगमले अब छिट्टै जापानको नारिता र चीनको ग्वानझाउमा उडान गर्ने तयारी गरेको छ ।
मंसिर २६ गते बसेको निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर दुई नयाँ गन्तव्यमा उडान गर्ने निर्णय गरेको हो ।
निगमले अहिले जापानको ओसाकामा उडान गरिरहेको छ तर त्यहाँ भन्दा धेरै नारिताबाट यात्रु पाउने अपेक्षा छ । यस्तै लामो समयदेखि चीन उडान गर्ने तयारी गरे पनि असफल भएको निगमले ग्वानझाउमा पनि उडान गर्ने भएको हो ।
जस अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वानझाउ मार्चको दोश्रो साता उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे निगमले दावी गरेको छ ।
यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोबडी र ए ३३० वाइडबडीले उडान घण्टामा वृद्धि गर्नेछन् । यसपछि निगमको अन्तर्रा्ष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वानझाउ, भारतको दिल्ली, बेंगलोर,मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्रा्ष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्