धनकुटामा ट्रक र अटो ठोक्किँदा २ को घटनास्थलमै मृत्यु , २ घाइते

काठमाडौं, मंसिर २९ । धनकुटामा ट्रक र अटो ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका २ स्थित फलैचामा आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो भने २ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेको प्रहरीले जनाएको छ ।


घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनालगत्तै ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्