सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३को मृत्यु, अन्य घाइते

काठमाडौं, २९ मंसिर । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान गइसकेको र अन्य हताहत रहेको जानकार िदिए । । ‘डीएसपीले दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले भने घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्