जुनसुकै हालतमा पनि निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्नुपर्छः पोखरेल

काठमाण्डौ , मंसिर २८ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले निगजढ अन्तर्रा्ष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताएका छन् ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्रा्ष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकोले पूर्ण क्षमताको विमानस्थल आवश्यक रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

पूर्ण क्षमताको अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने विकल्प भएर पनि त्यतातिर किन नलाग्ने भन्दै उनले प्रश्न गरे । शनिबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा महानिर्देशक पोखरेलले पूर्ण क्षमताको विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने पनि बताए ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि लिएर अहिले निर्माण भइरहेका पोखरा र गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल पूर्ण क्षमताका नभएको उल्लेख गर्दै महानिर्देशक पोरखेलले निजगढ विमानस्थल निर्माणको विकल्प नभएको बताए ।

२५ वर्षको अध्ययनले निजगढलाई नै उपयुक्त देखाएकाले सधै अरुको भर पर्नुभन्दा निजगढको निर्माणमा ढिलाइ गर्न नहुने उनँको भनाइ थियो ।

महानिर्देशक पोखरेलले २५ वर्ष पहिल्यै नै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर आवश्यकत्ता औँल्याइ सकिएको पनि बताए । उनले विमानस्थलको निर्माण पब्लिक प्राइभेट पार्टनरसिप(पीपीपी) मोडलमा हुने बताए ।

विमानस्थल निर्माणका लागि ७–८ वटा कम्पनीले आवदेन दिए पनि तीमध्येबाट स्विजरल्याण्डको जुरिच एअरपोर्ट छनौटमा परेको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्