प्रधानमन्त्री कार्यालयले राख्यो चार व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा

काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चार व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
मंसिर २६ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।

कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायीरआपुर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। श्री सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगर १३ तीनकुनेलाई जिल्ला समन्वय समिति मुस्ताङको आग्रहअनुसार एक वर्ष कालोसूचीमा राखिएको छ।

मध्यपुर ठिमी भक्तपुरको श्री शान्तिरराम जेभीलाई जिल्ला समन्वय समिति जुम्लाको आग्रहमा तीन वर्षका लागि कालोसूचीमा राखेको कार्यालयले निकालेको सूचनामा उल्लेख छ।

श्री चौलागाईं निर्माण सेवा खाँडाचक्र नगरपालिका १ कालिकोटलाई जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय कालिकोटको आग्रहमा एक वर्ष कालोसूचीमा राखिएको हो।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नुवाकोटको आग्रहमा श्री अरनिकोरत्रिशुली जेभी काठमाडौं महानगर १६ बालाजुलाई पनि एक वर्ष कालोसूचीमा राखिएको शनिबार निकालिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्